0
Shares
काठमाडौं । नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बांग्लादेशसम्म फैलिएको न्यून चापीय वायुको आंशिक प्रभाव रहेको छ ।
जसका कारण हाल कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । कोशीका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग हावाहुरीसहित वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशसहित देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहने छ । कोशी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भागको एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।
राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यी प्रदेशको थोरै स्थानमा तथा बाँकी पहाडी भागका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।