कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष र एमआइएस अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0 Shares

रुपन्देही । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआइएस अपरेटर सुरेश कहाँरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

उपाध्यक्ष कुर्मी र कहाँरलाई गाउँपालिकाद्वारा सञ्चालित ‘न्यायिक असमानताविरूद्ध उपाध्यक्ष कार्यक्रम’ को पाँच लाख रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।

उपाध्यक्ष कुर्मीको बैंक खातामा जम्मा भएको पाँच लाख तत्कालीन एमआईएस अपरेटर सुरेश कहाँरको बैंक खाताको चेकबाट कार्यालय सहयोगीको नाममा चेक काटी उक्त चेक गाउँपालिकाका उपाध्यक्षको बैङ्क खातामा जम्मा गरेको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

उपाध्यक्ष कुर्मी र सुरेश कँहारको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुरजन्य कार्य भएको ठहर गर्दै उक्त कार्यमा संलग्न दुवैजनाविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

सम्बन्धित समाचार