0
Shares
काठमाडौं । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका ६ सीसौबारी टोल बस्ने २३ वर्षीय प्रतिक राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रतिकले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।