गोंगबुको होटलमा युवती मृत फेला, हत्या आरोपमा दुई जना पक्राउ

0 Shares

काठमाडौं । काठमाडौंको गोंगबुस्थित मित्रनगरको माउन्टेन एक्सेल्सिभा होटलको कोठामा एक युवती मृत भेटिएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । साउन ३ गते बिहान ११ बजे होटलको चौथो तलाको ४०४ नम्बर कोठामा काठको पलङभित्र शव भेटिएको थियो ।

प्रहरीले अनुसन्धानबाट ती महिला कैलालीको धनगढी उपमहानगरपालिका-७ घर भई हाल काठमाडौं माछापोखरी बस्ने २५ वर्षीय निशा सुनार रहेको खुलेको थियो ।

अहिले हत्यामा संलग्न रहेको आरोपमा दैलेख, डुङ्गेश्वर गाउँपालिका०६ लटाली स्थायी घर भई हाल काठमाडौं –०३ चक्रपथस्थित सम्बाला होटल आसपास बस्ने २७ वर्षीय रमेश बुढा र जिल्ला जुम्ला, चन्दननाथ नगरपालिका -०२ घर भई काठमाडौं बस्ने ३८ वर्षीय दान बहादुर शाही छन्।

पक्राउ परेका दुबै जनालाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का

सम्बन्धित समाचार