0
Shares
काठमाडौं । गोकर्णेश्वर नगरपालिका ८ माकलबारीमा युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ३ स्थायी घर भई माकलबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले आत्मदाहको प्रयास गरेकी हुन् ।
उनले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार उनले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेकी हुन् ।
घाइते अवस्थाकी उनलाई उनका श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साँखु लगेका थिए । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पताल लगिएको छ । उनको शरीरको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत भाग जलेको छ ।