0
Shares
काठमाडौं । काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै उपत्यका डुबान हुने जानकारी दिएको हो ।
महाशाखाका विनोद पराजुलीले आज राति र भोलि काठमाडौं उपत्यकामा वर्षासँगै नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका हुन् ।
उनका अनुसार विशेषगरी होचा स्थान, नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ । देशभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेकाले मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरे ।