0
Shares
काठमाडौं । याे महिनादेखि ग्राहकले बिजुलीकाे बिलमा ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ । सरकारले साउन १ गतेदेखि लागू हुने गरी घोषणा गरेको नयाँ कर नीति अनुसार यस्ता ग्राहक २६ लाखभन्दा बढी भएकाे नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।
सरकारले पहिलोपटक घरायसी रुपमा खपत हुने विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) प्रणाली लागु गरेकाे हाे । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत यस्ताे कर लगाएका थिए ।
अब ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा व्यावसायिक ग्राहकका लागि १३ प्रतिशत भ्याट अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।