गोठ भत्किँदा एक जना मृत्यु

0 Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ ६ पिडीखोलामा गोठ भत्किँदा एकको मृत्यु भएको छ ।

भैँसी तथा बङ्गुरलाई कुडोपानी दिने क्रममा आज बिहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए ।

गोठले पुरिँदा चौपाया समेत मरेका जनाइएको छ । वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङले बताए ।

सम्बन्धित समाचार