सरकारले बिजनेस दिन नसक्दा दुई साता संसद बैठक स्थगित

0 Shares

काठमाडौं । सरकारले बिजनेस दिन नसक्दा प्रतिनिधि सभाको बैठक दुई साताका लागि स्थगित भएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले दुई साताका लागि बैठक स्थगित गरिएको जानकारी गराएका हुन् । प्रतिनिधि सभाको अर्को बैठक आगामी साउन १४ गते बिहान ११ बजे बस्ने छ ।

बुधबार प्रतिनिधि सभाको बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठकमा दुई साता स्थगित गर्ने सहमति बनेको थियो । त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकले दुई सातालाई बैठक स्थगित गर्न सहमति जनाएका थिए ।

सम्बन्धित समाचार