0
Shares
काठमाडौं । साविक उपविजेता फ्रान्सलाई पराजित गर्दै जारी फिफा विश्वकप २०२६ मा स्पेन फाइनल पुगेको छ । पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले हराउँदै १६ वर्षपछि स्पेन फाइनलमा प्रवेश गरेको हो ।
फाइनल प्रवेश गर्न स्पेनका लागि मिकेल ओयार्जाबल र पेड्रो पोर्रोले एक एक गोल गरे । २२ औँ मिनेटमा ओयार्जाबलको पेनाल्टी गोलबाट स्पेनले सुरुआती अग्रता लिएको थियो ।
खेलको दोस्रो हाफको ५८औँ मिनेटमा पेड्रोले गोल थप्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा थप गोल हुन नसक्दा एक पक्षीय रुपमा स्पेन विजयी भएको हो । स्पेनले फाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग खेल्ने छ ।