भुटानी शरणार्थी ठगी काण्डमा पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

0 Shares

काठमाडौ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजान भनेर ठगी गरेको प्रकरणमा पूर्व सचिव टेकनारायण पाण्डे दोषी ठहर भएका छन्।काठमाडौं जिल्ला अदालतले उनलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। पूर्व सचिव टेकनारायण पाण्डेलाई ठगीमा २ वर्ष कैद र १५ हजार जरिवाना गरिएको छ। संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना गरिएको छ। त्यसैगरी राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवानाको सजाय तोकिएको छ।

राज्यविरुद्धकै अभियोगमा थप ६ महिना सजाय भोग्नु पर्ने पनि फैसलामा उल्लेख छ। एकीकृततर्फ ४ वर्ष ४० हजार रुपैयाँ जरिवाना तोकिएको हो। जिल्ला अदालतले शणार्थी प्रकरणसम्बन्धी प्रकरणमा मंगलबार निर्णय सुनाइएको हो। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले फैसला सुनाएका हुन्।

राजनीतिक नेता, सरकारका वरिष्ठ कर्मचारी र नेता संरक्षित विचलिया संलग्न यो मुद्दामा न्यायाधीश खड्काको इजलासले असार २४ गते फैसला सुनाएको थियो। १६ जनालाई दोषी ठहर गरिएको थियो भने सात जनाले सफाइ पाएका थिए।

सम्बन्धित समाचार