पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी ठहर

0 Shares

काठमाडौं । मधेस प्रदेशको पूर्वप्रमुख राजेश अहिराज बलात्‍कार मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।

चन्द्रकान्त पौडेलको इजलासले आगामी ३२ गते सजाय निर्धारणका लागि पेशी तोकेको छ । राजेश अहिराज अर्थात राजेश झा मधेसका पूर्वप्रमुख, पत्रकार तथा मधेशवादी नेताका रुपमा परिचित थिए ।

उनी मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक थिए । उनी २०७७ फागुन ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रदेश प्रमुख नियुक्त भएका थिए । उनी शेरबहादुर देउवा सरकारमा हटाइए थिए ।

सम्बन्धित समाचार