वीरगञ्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार

0 Shares

काठमाडौं । वीरगञ्जमा एक बालिकामाथि छुरा प्रहार गरिएको छ । राधेमाईस्थित एक घरमा भाडामा बस्दै आएकी पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि छुरा प्रहार भएको हो ।

घरबेटी विक्रम तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । बालिका यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने अज्ञात व्यक्ति भागेका थिए ।

छुरा प्रहार गर्ने मानिसलाई आफूले नचिनेको पीडित यादवले बताएकी छन् । यादवमाथि कसले छुरा प्रहार गरेको खुलिनसकेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट सख्त घाइते यादवको वीरगञ्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान तथा आक्रमणमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित समाचार