बझाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

0 Shares

काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका ७ को सुङ्गरेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटना स्थलमा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् ।

अहिले घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइएको छ । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।

सम्बन्धित समाचार