असार २७ गते शनिबारको तपाईको राशिफल कति शुभ?

0 Shares

आज मिति २०८३ साल असार २७ गते शनिबार । सन् २०२६ जुलाई ११ तारिख । नेपाल संवत् ११४६ । आज बिहान ५ बजेर १७ मिनेटमा झुल्किएको घाम साँझ ७ बजे अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

नियमित काममा रुचि तथा जाँगर बढ्ने र आर्थिक क्षेत्रमा राम्रै प्रगति हुने समय छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । आजको दिन आगो र मेसिनरी सामग्रीबाट जोगिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । वादविवादको सामना गर्नुपर्ने योग रहेकोले अनावश्यक विवादबाट बच्न संयमता अपनाउनुहोला ।

बृष

चुनौतीयुक्त समय छ । आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सफलताको लागि विशेया सावधानी अपनाएर काम गर्नुपर्नेछ । स्वास्थ्य केही कमजोर रहनसक्छ, खानपानलगायतका शारीरिक व्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ । फजुलमा धननाश हुने योग छ । अनावश्यक झमेलाबाट जोगिन संयमतापूर्ण व्यवहारको दरकार छ ।

मिथुन

पराक्रम बढ्ने र काममा प्रशस्त मात्रामा मन जाने दिन छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ भने वैदेशिक कामकाजसम्बन्धी लगानीबाट विशेष लाभ प्राप्त होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत जुर्ने देखिन्छ । आरोग्यबल बढ्नेछ । बौद्धिक तथा रचनात्मक क्रियाकलापमा सक्रियता वृद्धि हुनेछ, जसले मान प्रतिष्ठा पनि वृद्धि गर्नेछ ।

कर्कट

विशेष योजना पूर्णरूपले कार्यान्वयन हुन नसक्ने समय भएपनि तपाईंको परिश्रमले सुखदायी परिणाम दिनेछ । मनमा कता कता भयले बास गरेपनि नियमित कर्ममा असर गर्नेछैन । कतै मान(सम्मान प्राप्त हुने योग रहेको छ । मिठो भोजन प्राप्त हुनेछ । व्यापारमा सफलता मिल्ने, यात्रा एवम् भेटघाटमा रमाउने दिन छ । प्रेमभाव वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास बढ्ने देखिन्छ ।

सिंह

मिश्रित फलदायी समय छ । साहसिक काममा आकर्षण बढ्नेछ भने कार्य व्यवहारमा सफलता मिल्नेछ । आजको दिन सोच्दैनसोचेको कुरामा धन खर्च हुनसक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । मित्रजनसँग चिसोपन बढ्न सक्छ । धनमाल हराउने योग रहेकोले विशेष सावधानीको अपनाउनुहोला । व्यवसायिक कार्यमा सफलता मिल्ने देखिन्छ ।

कन्या

नियमित कार्यलाई रमाइलो तरिकाले सम्पादन गर्न सकिने समय छ । आजको दिन अधुरा कार्यहरूले पूर्णता पाउन सक्छन्, धैर्यपूर्वक प्रयास गर्नुहोला । नयाँ कामका योजना बन्ने देखिन्छ । नोकरी र राजनीतिक वा सामाजिक क्रियाकलापबाट पनि प्रशंसा मिल्ने योग छ । प्रेमभाव वृद्धि र दाम्पत्यसुख मिल्नेछ ।

तुला

पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा जाँगर बढ्ने दिन छ । आर्थिक क्षेत्रमा विशेष सफलता मिल्ने देखिन्छ । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित रहला । फलदायी कार्यमा लगानी वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ । रसरागको भाव वृद्धि होला ।

वृश्चिक

नयाँ कामका योजना बन्ने र नियमित कर्ममा पनि जाँगर चल्ने समय छ । व्यापारमा सफलता मिल्नेछ भने आर्थिक बचत वृद्धिको योग छ । रमाइलो यात्रा हुनसक्छ । विपरीतलिंगी मित्रको साथ सहयोगले सफलता र खुशी मिल्ने देखिन्छ । गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

धनु

नियमित कार्य रमाइलो तरिकाले गर्न सकिने समय छ । आरोग्यता रहनुका साथै कर्मबल बढ्नाले रोकिएको कामले पूर्णता पाउनेछ । ऐश्वर्य वृद्धिले आनन्द दिलाउला । नियमकानूनले साथ दिनेछ । जस्तोसुकै जिम्मेवारी पूरा गर्ने सामथ्र्य रहने देखिन्छ । खेलकूद, भ्रमणमा एवम् रसरागका क्रियाकलापमा आकर्षण रहनेछ ।

मकर

शुभदायी समय रहेकोले सुख वृद्धि हुनेछ । रोकिएको काम अघि बढ्नेछ भने प्रियजनसँगको भेटघाटले मन प्रफुल्ल तुल्याउला । सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक क्रियाकलापमा सक्रियता बढ्नुका साथै विवेकको सही प्रयोगले प्रशंसा दिलाउनेछ । मित्रजनसँगको जमघटमा मिठो भोजन प्राप्त हुने देखिन्छ ।

कुम्भ

नियमित कर्ममा जाँगर र गति बढ्नुका साथै नयाँ योजना कार्यान्वयनमा मन जाने समय छ । घर परिवार एवम् मित्रजनको साथ मिल्नाले हर्ष बढ्ला । धनलाभको योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ । आयबल बढ्नाले सुख वृद्धि होला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

मीन

अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्ने समय छ । इष्टमित्रको साथ(सहयोग र प्रशंसा प्राप्त होला । आमोदप्रमोदमा रम्ने अवसर जुर्ने देखिन्छ । कामबाट फुर्सद मिल्नुका साथै मन प्रसन्न रहला । व्यापार र रोजगारीका क्षेत्रमा विशेष लाभ मिल्ने योग छ ।

सम्बन्धित समाचार