साताभर घटेको सुनको मूल्य बढ्यो, आज कति पुग्यो?

0 Shares

काठमाडौं । साताभर गिरावट आएको सुनको मूल्यमा आज बढेको छ । सुनको मूल्य आज तोलामा २ हजार ७०० रुपैयाँ बढेको हो ।

योसँगै सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलमा २ हजार ४०० घटेर सुनको मूल्य दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १७० रुपैयाँ बढेर ४ हजार ५१० पुगेको छ । हिजो चाँदीको मूल्य तोलामा १६० रुपैयाँ घटेर ४ हजार ३४० रुपैयाँमा झरेको थियो ।

सम्बन्धित समाचार