‘रेमल’ चक्रवातले तीन प्रदेशमा वर्षाको सम्भावना, अरू स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।

जसका कारण हाल देशको कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राति कोशी प्रदेश लगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार