आज मिति २०८३ असार २३ गते मंगलबार । सन् २०२६ जुलाई ७ तारिख । नेपाल सम्बत ११४६ तछलागा सप्तमी । असार कृष्ण सप्तमी, चन्द्रमा मीन राशिमा, उत्तराभाद्रपदा नक्षत्र, शोभन योग, बव करण । आज बिहान ५ बजेर १४ मिनेटमा काठमाडौँ उपत्यकामा झुल्किएको घाम आज साँझ ७ बजेर ४ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
सोचेअनुसार काम बन्न कठिन छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । खर्च केही बढेपनि भौतिक बस्तुको प्राप्ति र मीठा परिकारको आनन्द मिल्नेछ । कर्मबल बढेपनि परिणाम भने सन्तोषजनक नरहने योग छ ।
बृष
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ भने नवीन रोजगारीको सम्भावना पनि छ । यात्रागत कार्य भने विशेष सजगता अपनाएर गर्नु उचित होला । आतिथ्यपूर्ण सम्मान मिल्ने योग छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ ।
मिथुन
अधुरा काम बन्ने तथा नयाँ काम पाउने समय छ । नोकरीमा व्यक्तिगत बर्चस्व बढाउन सकिनेछ । अध्ययन(अध्यापनमा भने खासै मन र समय दिन नसकिएला । तथापि, मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ ।
कर्कट
दिगो फाइदा हुने काम सुरु गर्न सकिने समय छ । नयाँ कामको लागि नयाँ अवसर आउने सम्भावना छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । बोली र ब्यक्तित्वको प्रभाव वृद्धि हुनेछ ।
सिंह
बाध्यताका काममा जुट्नुपर्ने समय छ । नियमित कार्यमा ढिलासुस्ती हुनसक्छ, नयाँ कामको थालनी पनि आज नगर्नु हितकर होला । स्वास्थ्यगत समस्याले पनि केही सताउन सक्छ । अनावश्यक विषयमा धेरै बोल्ने बानीले दुःख मिल्नसक्छ । तथापि, नियमकानूनले साथ दिनाले आफ्नो दायित्व पूरा गर्नुहुनेछ ।
कन्या
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु उचित होला । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । सुखद यात्राको योग रहेको छ । परिवारमा पनि खुशीको माहोल छाउनेछ । नियमित कामबाट फाइदा हुने समय आएको छ ।
तुला
व्यस्तता र चुनौतीका बाबजुद दायित्व पूरा गर्न सकिने समय छ । कार्य सफलताले थप काम गर्ने हौसला मिल्ला । मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्नेछ । प्रेमको प्रसङ्ग सुखद रहला । आफूभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्नु हितकर हुनेछ ।
वृश्चिक
पराक्रम र वौद्धिकता बढेपनि आजको दिन कुनैपनि कार्यमा सावधानीपूर्ण कदम चाल्नुपर्ने देखिन्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्ने योग रहेकोले अरुको कममात्र भर पर्नु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । केही विवादमा समेत परिने सम्भावना छ, सावधान रहनु होला ।
धनु
भाग्योदयको समय रहेको छ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । ब्यापारमा भने ठिकैमात्र हुने देखिन्छ । सावधानीपूर्वक प्रयास गर्दा अधुरो रहेको महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतिबाट लाभप्रप्तिका साथै धर्मिक कार्यमा संलग्न हुने योग छ ।
मकर
मिश्रित फलदायी दिन हुनाले परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने सम्भावना छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्ने देखिन्छ । सन्तानसुख र प्रेमभाव बढ्नेछ । खेलकुद एवम् रसरागमा आकर्षण रहला ।
कुम्भ
दौडधुप बढ्ने र कठोर मिहिनेतले काम बन्ने समय छ । केही मात्रामा जोखिम रहेपनि व्यापार तथा उद्योगमा फाइदा नै हुने देखिन्छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । नसोचेको ठाउँबाट केहि लाभ होला । प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।
मीन
आजको दिन व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् तर स्वास्थ्यमा सुधार आउनाले काममा जाँगर चल्नेछ । पढाइलेखाइमा मन लाग्नेछ । कुनै फलदायी यात्राको योग छ । सवारी साधन उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।