स्वयम्भुमा टिपरले ठक्कर दिँदा युवकको मृत्यु

0 Shares

काठमाडौं । काठमाडौंको स्वयम्भुस्थित भगवानपाउमा बा ५ ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा एक मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको अजिरकोट गाउँपालिका घर भई हाल काठमाडौं महानगर १५ स्वयम्भु बस्ने ३० वर्षीय विकास नेपाली रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

‘डल्लुबाट भगवानपाउतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई आज ठक्कर दिँदा नेपाली घाइते भएका थिए, उनलाई उद्धार गरी उपचारका लागि मनमोहन अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो,’ उनले भने ।

ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता अधिकारीले बताए ।

सम्बन्धित समाचार