0
Shares
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य गिरावट आएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो ।
योसँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार तोलामा ४०० रुपैयाँ घटेर २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको तोलामा २० रुपैयाँ घटेर ४ हजार ५८५ रुपैयाँमा झरेको छ ।