0
Shares
काठमाडौं । स्थानीय बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
योसँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ मा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६१५ रुपैयाँ थियो ।