सुनचाँदीको मूल्य रेकर्ड वृद्धि, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा सात हजार २०० र चाँदी १६५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६१५ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुुन प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४५० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार