असार १८ गते बिहीबारको तपाईको दिन कति शुभ ?

0 Shares

आज मिति २०८३ साल असार १८ गते बिहीबार । सन् २०२६ जुलाई २ तारिख । नेपाल संवत् ११४६ । आज बिहान ५ बजेर १३ मिनेटमा झुल्किएको घाम साँझ ७ बजेर १ मिनेटमा अस्ताउने छ । दिउँसो १ बजेर ५१ मिनेटदेखि ३ बजेर ३४ मिनेटसम्म राहुकाल रहने हुनाले कुनैपनि सुभकार्य नगर्नुहुन अनुरोध छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

आजको दिन दिन केही चुनौतीयुक्त रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् भने व्यावसायिक काममा पनि समस्या आउने देखिन्छ । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।

बृष

शुभदायी समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु उचित हुनेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी हात लाग्ने योग छ ।

मिथुन

आजको दिन कामहरू सजिलै बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार हात पर्ला । परोपकारजन्य क्रियाकलापमा संलग्न रहने योग छ । मंगलमय कृत्य सम्पादन गर्न सकिने छ ।

कर्कट

सोचेअनुसारको दिन नरहन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । बाध्यताले अप्ठ्यारोमा पार्नसक्ने र सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । कामको सिलसिलामा यात्राको प्रक्रिया अघि बढ्ने योग छ । स्वास्थ्य केही कमजोर रहला ।

सिंह

दिन खासै उत्साहवद्र्धक नरहला । मुख्य काममा बाधा हुने देखिन्छ भने सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । भौतिक साधनले धोका दिनसक्ने समय छ । स्वास्थ्य केही कमजोर रहला, जसका कारण आँटेको काम समयमा पूरा नहुन सक्छ ।

कन्या

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । पठनपाठनमा पनि प्रगति हुनेछ । यसका बाबजुद समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् भने काम बिग्रने डरले सताउन सक्छ ।

तुला

काम बिग्रने डरले भित्रभित्रै सताएपनि व्यापार–व्यवसायबाट लाभ मिल्ने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आजको दिन अरुलाई कुनै पनि आश्वासन नदिनु हितकर हुनेछ, अन्यथा पछिसम्म अप्ठ्यारो पर्न सक्छ । बेसुरमा वचन दिनाले दुःख पाइने छ ।

वृश्चिक

काम बिग्रने डरले भित्रभित्रै सताएपनि व्यापार–व्यवसायबाट लाभ मिल्ने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आजको दिन अरुलाई कुनै पनि आश्वासन नदिनु हितकर हुनेछ, अन्यथा पछिसम्म अप्ठ्यारो पर्न सक्छ । बेसुरमा वचन दिनाले दुःख पाइने छ ।

धनु

आजको समय केही प्रतिकुल रहन सक्छ । स्वास्थ्य केही कमजोर रहनाले काम सम्पादन गर्न मुस्किल पर्ला । समयमा काम पूरा नहुनाले अवसर गुम्ने देखिन्छ । छरछिमेकमा झैझगडाको सम्भावना रहेकोले सावधान रहनु हितकर होला । आर्थिक अपब्ययको योग छ । श्रमको समुचित मूल्यांकन नहुनाले आम्दानीमा बाधा पुग्ने देखिन्छ ।

मकर

मिश्रित फलदायी दिन छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तथापि वित्तादि लाभ हुने देखिन्छ । कृषि–चौपायामा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ ।

कुम्भ

आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । महत्वपूर्ण अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि सोचविचार गर्नु उचित हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला ।

मीन

आयआर्जनको दृष्टिले राम्रो समय छ । उद्योग–व्यापारमा विशेष फाइदा होला । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान राख्नु हितकर हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा ज्यादा समय ब्यतीत भएर जाला ।

सम्बन्धित समाचार