टीकापुरको खानेपानी सेवा अवरुद्ध नगर्न महासंघको आग्रह

0 Shares

काठमाडौं । राष्ट्रिय साना सहरी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले कैलालीको टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा भइरहेको खानेपानी सेवा अवरुद्ध नगर्न आग्रह गरेको छ ।

खानेपानी सेवा अवरुद्ध भएको विषयमा महासंघका अध्यक्ष खेमराज वलीले एक विज्ञप्ति जारी गर्दै टीकापुर खानेपानी समितिमा भएको समस्या समाधान गर्न आग्रह गरे । ‘खानेपानी संस्थामा आन्तरिक विवादका कारण समितिभित्र कर्मचारीहरूसमेत एकअर्कालाई आरोप प्रत्यारोप गर्ने कार्यहरु भइरहेको देखिन तथा सुनिन आएको छ, यसले समितिभित्रको कामप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ,’ उनले भने ।

उनले यस्ता गतिविधिले जनताको मौलिक हकका रुपमा रहेको खानेपानी संचालन तथा व्यवस्थापनमाथि प्रश्न उब्जाउने उल्लेख गरे । साथै, महासंघको तर्फबाट तत्काल आन्दोलन स्थगित गरी प्रशासनिकलगायत खानेपानी संचालनका सम्पूर्ण कार्यहरु यथावत संचालन गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार