आज यी पाँच प्रदेशको केही भागमा वर्षा हुने, अरू स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौं । नेपालमा स्थानीय तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जसका कारण हाल गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भागका थोरै स्थान तथा लुम्बिनी प्रदेशको तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम आंशिक बदली रहने छ ।

सम्बन्धित समाचार