जनार्दनद्धारा आफूमाथि मिडिया ट्रायल भएकोमा दुख व्यक्त

0 Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलापा)का संरक्षक एवम् पूर्वमन्त्री जनार्दन शर्माले सरोकार नै नभएको विषयमा भ्रम सिर्जन गर्ने उदेश्य राखेर मिडिया ट्रायल भएकोप्रति दुख व्यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेर पूर्वमन्त्री शर्माले सम्पत्ती छानबिन गर्नुपर्ने विषय सदन र पार्टीमा निरन्तर उठाएकाले भ्रम सिर्जना नगर्न आग्रह गरे ।

पूर्वमन्त्री शर्माले सार्वजनिक पदमा बसेका सबैको सम्पत्ती छानबिन गर्नुपर्छ भन्नेमा सधै अडि रहेको प्रष्ट पारे ।‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु’ उनले भने, ‘तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु ।’

सम्बन्धित समाचार