तीन बालबालिका डुबेर मृत्यु

0 Shares

काठमाडौं । सुर्खेतमा एकै दिन दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ। जिल्लाको वीरेन्द्रनगर नगरपालिका – १० पठान टोलका १५ वर्षीया सम्झना थापा र १३ वर्षीया कल्पना रावत शनिबार टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। दुबै जना बालिकालाई अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँमा पुर्‍याउँदा पौने ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।

शनिबार साँझ साढे ६ बजेतिर पौडी खेल्ने क्रममा उनीहरु खोलामा डुबेर बेपत्ता भएको खबर पाएपछि प्रहरी चौकी सुब्बा कुनाबाट प्रहरी सहायक निरीक्षक अनिलकुमार शाहीको नेतृत्वमा ५ जनाको टोली खोज तथा उद्धारको लागि खटिएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा छुट्टै प्रहरी टोली पनि घटना अनुसन्धानका लागि खटिएको थियो।

त्यस्तै शनिबार मध्यान्ह १२ बजेतिर दैलेखको गुँरास गाउँपालिकाका घर घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर – ६ स्थित एक ग्रिल उधोगमा काम गर्ने १८ वर्षीय रमेश पुन मगरको पनि पौडी खेल्ने क्रममा डुबरे मृत्यु भएको थियो।
साथीहरु संग पन्चपुरी नगरपालिका – ८ स्थित दहतालमा घुम्न गएको समयमा मगर पौडी खेल्ने पसेको समयमा डुबेर बेत्तपा भएका थिए।

मगरको शव बेलुकी पौने ६ बजेतिर फेला परेको थियो। शव पोस्टमार्टमका लागि प्रथामिक स्वास्थ्य केन्द्र सालकोट पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार