बैंकिङ कसुर मुद्दाका फरार धादिङका पुरुष पक्राउ

0 Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका ९ बस्ने धादिङ नीलकण्ठ नगरपालिका ८ रामकोटका बाबुराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०८१ फागुन ४ को फैसलाले उक्त मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले महाबौद्धबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।

सम्बन्धित समाचार