कैलाश सिरोहियाको मुटुमा समस्या, अस्पतालमा भए भर्ना

0 Shares

काठमाडौं । पक्राउ परी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको मुटुमा समस्या आएको छ । जसका कारण उनी अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनको मुटुमा समस्या आएको बताइएको छ ।

सिरोहियाको नागरिकताको विषयमा गत मंगलबार काठमाडौंमा पक्राउ गरी उनलाई धनुषा लगिएको थियो ।

उनलाई शुरुमा तीन दिन र शुक्रबार थप तीन दिनको समय थपेर अनुसन्धान भइरहेको छ । सिरोहियालाई अहिले जनकपुरस्थित काव्या अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचार