काठमाडौँबाट ठुलो परिमाणमा लागुऔषध बरामद, १३ जना कारोबारी समातिए

0 Shares

काठमाडाै‌ । लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौँबाट ठूलो परिणाममा लागुऔषधसहित १३ जना कारोबारीलाई नियन्त्रणमा लिएको छ।

फार्महाउसको आवरणमा लागुऔषध ट्रामाडोलको कारोबार गरेको आरोपमा उनीहरूलाई काठमाडौँको टोखा र चन्द्रागिरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

फार्महाउस सञ्चालन गर्दै आएका व्यक्तिहरूले भारतबाट लागुऔषध खरिद गरी ल्याई आफ्नो फार्महाउस परिसरको जमिनमा खाडल भित्र लुकाई संञ्चय गरी राखी माग बमोजिम बजारमा बिक्री गर्दै आएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

पक्राउ पर्नेमा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका-२ ठेगाना भएका वर्ष २२ को निमा तामाङ, सोही स्थानका वर्ष २३ को विक्रम लामा, रुपन्देहीको बुटवल उपमहानगरपालिका-७ ठेगाना भएका वर्ष २९ को सागर बुढाथोकी, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- ४ ठेगाना भएका वर्ष ४५ को उद्धव श्रेष्ठ, भक्तपुरकै चाँगुनारायण नगरपालिका-७ ठेगाना भएका वर्ष २७ को विकास काफ्ले, सिन्धुलीको फिक्कल गाउँपालिका- ४ ठेगाना भएका वर्ष ३२ की माया विशखे र कालिकोटको पलता गाउँपालिका- ३ ठेगाना भएका वर्ष २६ को खड्क रोकाया र वर्ष २७ की कमला थामी रहेका छन्।

यस्तै, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-१ ठेगाना भएका वर्ष २९ की मेनुका थामी, बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ ठेगाना भएका वर्ष ३४ को प्रदीप भन्ने सञ्जय साह सोनार, पर्साको बहुदरमाई नगरपालिका-९ ठेगाना भएका वर्ष ३६ को प्रमोद प्रसाद कलवार, काठमाडौँ महानगरपालिका-१६ का वर्ष ४० की मोनिका श्रेष्ठ र वडा न. ७ ठेगाना भएकी वर्ष २९ की सुशिला महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट नियन्त्रित लागुऔषध ट्रामाडोल दुई लाख नौ हजार क्याप्सुल, बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन दुई हजार चार सय एम्पुल तथा नगद रू ७ लाख ८७ हजार पाँच सय रुपैयाँ र विभिन्न कम्पनीको मोबाइल थान २८ पनि बरामद गरेको छ।

पक्राउ प्रतिवादीहरु उपर लागुऔषध नियन्त्रण ब्यूरो कार्यालयबाट थप अनुसन्धान भई रहेको ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जनाए ।

सम्बन्धित समाचार