आर्थिक वर्षको १० महिनामा मोबाइल आयातबाट बाहिरियो २४ अर्ब

0 Shares

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा मात्रै १५ लाख सेटभन्दा बढी मोबाइल (स्मार्टफोन) आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस आवको वैशाखसम्ममा १५ लाख २८ हजार ६४४ सेट स्मार्टफोन आयात भएका छन् । यस वर्ष आयात भएका स्मार्टफोनको अघिल्लो आवको यसै अवधिको तुलनामा दुई लाख १८ हजार सेट बढी हो ।

गत आर्थिक वर्ष २०७९/८० मा १३ लाख ९ हजार ८५६ सेट मोबाइल फोन आयात भएका थिए । स्मार्टफोन आयातका लागि यस अवधिमा २४ अर्ब १ करोड २४ लाख रुपैयाँ बाहिरिएको छ । उक्त आयातबाट सरकारले ४ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

सम्बन्धित समाचार