0
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राईले नेपालको सिमाना रक्षाका लागि नेपाली सेनालाई किन परिचालन नगरिएको भन्दै सरकारसँग प्रश्न गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा सांसद राईले सुस्ता लगायतका क्षेत्रमा नेपाली नागरिकहरू भारतीय सुरक्षा बलसँग हप्कीदप्की खाँदै निहत्था लडिरहेको भन्दै रक्षामन्त्रीको ध्यानाकर्षण गराए ।
सांसद राईले सुस्तामा नेपाली दाजुभाइहरूलाई एसएसबीले हप्काउने र दप्काउने गरेको भिडियोहरू सार्वजनिक भइरहँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए । ‘हाम्रो नेपाली सेना सिमानामा जानै नहुने त्यस्तो के कसम खाएको छ रु नेपाल सरकारले सिमानामा सेना पठाउन नमिल्ने के त्यस्तो सन्धि वा सम्झौता गरेको छ रु त्यो सन्धिपत्र संसद्मा देखाइयोस्,’ राईले भने ।