विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको सानदार सुरुवात, बन्यो नयाँ रेकर्ड

0 Shares

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकामाथि सानदार जित निकाल्दै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् बनाएको छ ।

मेक्सिकोको सिटी रङ्गशालामा गएराति भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलअन्तरले पराजित गरेको हो ।

मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेल सुरुआतको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआति अग्रता दिलाए ।

इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका थिए । खेलको ४९ औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिर गए । यसपछि १० खेलाडीमा सीमित दक्षिण अफ्रिका खेलको पूरा दबाबमा परेको थियो ।

त्यसपछि खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाएका थिए । खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए । त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति बन्यो ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए । विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । आफैँमा नयाँ रेकर्ड हो ।

यो जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले शीर्ष तीन अंक बटुलेको छ । आजै हुने समूह ‘ए’अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबिच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार