विपक्षीसँग कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक सर्यो

0 Shares

काठमाडौं । बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद् सचिवालयका महासचिव महाप्रसाद पाण्डेले विज्ञप्ति जारी गरेर बैठक २ बजेका लागि सरेको जानकारी गराए । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएर जवाफ दिनुपर्ने माग राख्दै प्रतिपक्षीले निरन्तर संसद् अवरोध गरिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिप्रक्षीसँग कुरा गरेर संसद्को अवरोध खुलाउन पहल गरे पनि कुरा मिलेको छैन । प्रधानमन्त्रीले लिखित रूपमा पेश गरेको जवाफ परराष्ट्र मन्त्रीले पढेर सुनाउने माग राख्दा पनि रविले परराष्ट्र मन्त्रीले नै जवाफ दिने जानकारी गराएपछि कुरो नमिलेको हो ।पार्टी सभापति लामिछानेले परराष्ट्रमन्त्री शिशिर खनालले नै जवाफ दिने अडान कायम राख्दा विपक्षीले भने त्यसलाई नमानेपछि सहमति जुट्न सकेको छैन।

प्रधानमन्त्री बालेन्द्र शाहले सदनबाट नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि संसद् बैठकमा १० दिन अगाडिबाट निरन्तर अवरोध भइरहेको छ ।

सम्बन्धित समाचार