सुन चाँदीको भाउँ बढ्यो, कतिमा कारोबार हुँदैछ ?

0 Shares

काठमाडौं । सोमबार (हिजो) घटेको सुनको भाउ मंगलबार (आज) बढेको छ। तोलामा दुई हजार रुपैयाँ बढेर सुनको भाउ आज तीन लाख एक हजार नौसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ थियो।

आज चाँदीको भाउ पनि बढेको छ। प्रतितोला २० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ९२५ रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार