परराष्ट्र मन्त्री खनाल दिल्ली प्रस्थान

0 Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत लागेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको उनको औपचारिक भ्रमण आइतबारसम्म चल्नेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन् । भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरका सम्बन्धलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल हुने जनाइएको छ ।

मन्त्रालयका अनुसार उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल – भारतबीचको दीर्घकालीन तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार