0
Shares
काठमाडौं । राप्रपाका महामन्त्री धवलशमशेर राणाले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरेर राणाले नयाँ पार्टी गठन गर्न लागेको घोषणा गरेका हुन्। यसै साता उनले विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए।
पार्टीका केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा विभिन्न तहका नेता–कार्यकर्तासहित १८३ जनाले संयुक्त रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्।
राणासँग राप्रपाका केही नेता कार्यकर्ताहरूले पनि पार्टी छाडेर नयाँ अभियानमा लागेको बताएका छन्। यसअघि बाँकेबाट निर्वाचित भएका राणा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर समेत भएका थिए । पार्टीमा असन्तुष्टी बढ्दै गएपछि नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेका हुन् ।