विपक्षको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ गतेसम्म स्थगित

0 Shares

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सोमबारसम्म स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते सोमबार
बस्नेगरी स्थगित गरेको घोषणा दिए ।

दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजे मात्रै सुरु भएको थियो ।

त्यसपछि सभामुखले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्न दिए । उनीहरूले धारणा राखे पनि । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ ।

सम्बन्धित समाचार