0
Shares
काठमाडौं । ललितपुर महानगर १२ लगनखेल बसपार्क नजिकबाट नेपाली ५ सय दरका १६ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगर १४ कलंकी बस्ने सिराहा घर भएका १९ वर्षीय सुरज राई रहेका छन् ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।