काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज बुधबार बाँडफाँड सम्पन्न भएको छ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज जेठ ६ गते बुधबार बिहान ९ः१५ बजे शेयर बाँडफाँड गरेको हो ।क्यापिटलका अनुसार यस निष्काशनमा कुल २९ लाख ४८ हजार ९ सय ६६ जनाको आवेदन परेको थियो । तर २७ लाख ७१ हजार २ सय ५२ जनाको आवेदन मात्र योग्य भएको छ ।
मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा २ लाख ५१ हजार ५ सय ४५ जनाले शेयर पाएका छन् । शेयर पाउने मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने अन्यले १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले वैशाख २३ देखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो ।
धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । यस कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ वैशाख १ गते व्यापारिक उत्पादन गरिरहेको छ ।
कम्पनीका अध्यक्ष अजय बल्लभ पन्त हुन् ।
आईपीओको नतिजा केही समयपछि सार्वजनिक हुने छ।