आफ्नै छोराको हत्या गरेकी महिला पक्राउ

0 Shares

काठमाडौं । आफ्नै पाँच महिने छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगञ्ज महानगर १७ अलौ बस्ने २२ वर्षीय आरती कुमारीलाई पक्राउ परेकी छन् ।

आरतीले २०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला छोरालाई घाटी थिची हत्या गरी फरार भई भारतमा बस्दै आएकी थिइन् ।

पछिल्लो समय उनी पर्सा वीरगञ्जमा घुमफिर गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत पर्साबाट २०८० कात्तिक १९ गते आरती कुमारी भएको ज्यान सम्बन्धी मद्दामा पक्राउ पुर्जी जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार