आज चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, अरू स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी प्रदेशसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भागमा मौसम सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र मधेस प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार