कांग्रेस नेता खड्का र कोइरालाको छुट्टा छुट्टै भेला

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले छुट्टै भेला बोलाएका छन्। वैशाख १७ गते आफूनिकट बागमती प्रदेशस्तरीय भेला राखेका हुन्। पार्टीका साथीहरूसँग छलफल नभएको धेरै भएकाले कोइरालाले छलफल गर्न लागेको नेता जीवन परियारले बताए।

उनले भने, ‘साथीहरूसँग नबसेको धेरै भएको थियो। त्यसैले समसामयिक विषयमा सामान्य छलफल गर्न लाग्नुभएको हो।’ भेलामा बागमतीका केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद र प्रदेश कार्यसमितिका पदाधिकारीलगायत सहभागी हुने जनाइएको छ।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सभापति गगन थापालाई दिएपछि थप रणनीति बनाउन कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गर्न लागेका हुन्। नेता पूर्णबहादुर खड्काले आज राखेको भेलामा कोइराला समूह सहभागी छैन।

सम्बन्धित समाचार