यी हुन् आजको मन्त्रिपरिषद बैठकका निर्णयहरू

0 Shares

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको बताए ।

त्यस्तै, बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार