मकालु आरोहण गर्न गएका ६० वर्षीय फ्रान्सेली नागरिकको मृत्यु

0 Shares

काठमाडौं । मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । संखुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकालु गाउँपालिका २ मा आठ हजार ३५० को उचाइमा पुगेका फ्रान्सेली नागरिक सालिबा अचानक बिरामी परेका थिए । उनको उद्धार गरी ल्याउने क्रममा बोटोमै मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए ।

पर्वतारोही सालिबाको शव हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको स्नोवी होराइजन टे«क्स एक्स्पिडिसनका प्रबन्धक निर्देशक बोधराज भण्डारीले बताए । उनीसँगै गएका अन्य फ्रान्सेली नागरिक भने सकुशल रहेका छन् ।

एक साताअघि मकालु हिमाल आरोहण गरी फर्किने क्रममा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ का ५४ वर्षीय ल्हाक्पा तेन्जे शेर्पाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार