बुबाको हत्या अभियोगमा छोरा पक्राउ

0 Shares

काठमाडौं । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रूपन्देही जिल्लाको कञ्चन गाउँपालिका–४ बेलडाँडा घर भएका २४ वर्षीय सुनिल थारूले यही वैशाख ११ गते बुबा ५८ वर्षीय जंगबहादुरलाई घाँटी अठ्याइ बेहोस पारी भागी फरार रहेका थिए।

घाइते जंगबहादुरलाई कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारका लागि पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। सोही घटनामा बुबाको हत्या अभियोगमा छोरा सुनिललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिए।

सम्बन्धित समाचार