पाँच प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना, अन्य स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

विभागले आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ ।

कोशी प्रदेशको पहाडी भागका थोरै स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । यी प्रदेशको पहाडी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार