अत्तरिया खानेपानीको संस्थाको १७ औ साधरण सभा सम्पन्न

0 Shares

काठमाडौं । कैलालीको अतरीय सानासहारी खानेपानी उपभोक्ता संस्थाको १७औँ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सेर बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने राष्ट्रिय सानासहारी महासंघका अध्यक्ष खेमराज ओली र नगर विकास कोषका प्रतिनिधि सुभाष पन्थ विशिष्ट अतिथिको रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष खेमराज ओलीले सरकारद्वारा लागु गरिएका आयकर, विद्युत महसुल तथा उच्च ब्याजदरजस्ता कर नीतिहरूको विरोध जनाए । उनले हालै आएको ऐन तथा नियमावलीले उपभोक्ता समितिहरूलाई विघटन गर्ने व्यवस्था गरेको भन्दै त्यसको कडा प्रतिवाद जनाए । यदि उक्त प्रावधानहरू संशोधन नगरे देशभरका उपभोक्ता संस्थाहरू आफ्ना अधिकार र मागका लागि सडक आन्दोलनमा उत्रिन बाध्य हुने उनले चेतावनी समेत दिए ।

त्यसैगरी, नगर विकास कोषका सुभाष पन्थले खानेपानी क्षेत्रमा गरिएको लगानीले यस क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए । उनले यस्ता लगानीहरूले सेवा विस्तार र गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

कार्यक्रममा नगर प्रमुखले पालिकाभित्रका सबै खानेपानी योजनाहरूलाई एकरूप, व्यवस्थित र दिगो बनाउन जोड दिए । उनले दीर्घकालीन योजना र सहकार्यबाट मात्र स्वच्छ तथा भरपर्दो खानेपानी सेवा सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरे ।

सम्बन्धित समाचार