0
Shares
काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर-टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठमाडौँ महानगरले बिहीबारदेखि नै सार्वजनिक सूचना जारी गर्दै त्यहाँका घर-टहरा खालि गर्न भनेको थियो ।
सूचनाअनुसार ७० प्रतिशत बासिन्दाले शुक्रबार साँझसम्म घर-टहरा खालि गरिसकेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले सुरक्षामा कुनै किसिमको समस्या आएमा प्रहरी बन्दोबस्तीका साथ परिचालित भएको बताए ।