सन्दीपको मुद्दामा सकियो सुनुवाइ, न्यायाधीशले मागे सीसीटीभी फुटेज

0 Shares

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ । उच्च अदालत पाटनमा दुई दिन चलेको बहस सकिएको हो ।

अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा बहस सकिएको हो । सन्दीपको मुद्दामा आजै फैसला सुनाउने तयारी भइरहेको छ ।

फैसलाअघि न्यायाधीशले होटलको सीसीटीभी फुटेज हेर्ने बताएका छन् ।

हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

सम्बन्धित समाचार